दफा १३४
दुर्घटना परेको सवारीको निरीक्षण
दुर्घटनाको जाँचबुझको निमित्त सो दुर्घटना गर्ने वा सो दुर्घटनामा पर्ने सवारीको निरीक्षण गर्न आवश्यक देखेमा सम्बन्धित प्रहरीले त्यस्तो सवारी आफू समक्ष दाखिल गर्न लगाई वा त्यस्तो सवारी रहेको ठाउँमा गई निरीक्षण गर्न सक्नेछ ।